दैलेख : दैलेखको गुराँस गाउँपालिकाका १३ जना किसानलाई उन्नत जातका भैंसी वितरण गरिएको छ । एक पालिका एक वाली वस्तु उत्पादन विशेष कार्यक्रम अन्तर्गत १३ जना किसानहरुलाई शुक्रबार भैंसी वितरण गरिएको हो ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको १० लाखको अनुदान गुराँस गाउँपालिकाको ४ लाख र लाभग्राही किसानको ६ लाख गरी २० लाखका १२ वटा भैंसी र १ राँगो वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भिम बहादुर विष्टले बताए ।
उनले एक पालिका एक वाली वस्तु उत्पादन विशेष कार्यक्रम जिल्लाका ११ वटै स्थानीय तहमा रहेको र आज नौमूले गाउँपालिकाका किसानहरुलाई अनुदानमा भंैसी वितरण कार्यक्रम रहेको बताए । अनुदानमा उन्नत जातका भैसी पाए पछि किसानहरु खुसी भएका छन् ।
दैलेखका ११ वटै स्थानीय तहमा एक पालिका एक वाली वस्तु उत्पादन विशेष कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको १० लाख स्थानीय तहको ४ लाख र लाभग्राही किसानको ६ लाख गरी २० लाखको कार्यक्रम रहेको कार्यालय प्रमुख विष्टले बताए ।
अन्य स्थानीय तहले अनुदान कार्यक्रममा ४ लाख दिने भए पनि चामुण्डाबिन्द्रासैनी नगरपालिकाले ६ लाख अनुदान दिने भएको विष्टको भनाई छ ।









